आफ्नै पालिका पुग्न भारतको बाटो
नेपालगञ्ज- बाँकेको सबैभन्दा पिछडिएको र दुर्गम मानिएको नरैनापुर गाउँपालिका पुग्न वडा नम्बर २ रोशनपुर्वाका बासिन्दालाई अहिले पनि भारतीय भूमि तथा बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।
यस पालिकाको वडा नम्बर २ का बासिन्दालाई आफ्नै पालिकामा पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। केही वर्षअघिसम्म नेपालगञ्जबाट सो गाउँपालिका पुग्न पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो तर सडक र पुल बनेपछि केही स्थानीयलाई राहत मिलेको छ।
वडा नम्बर २ देखि पालिकासम्म पुग्ने सडक नहुँदा भारतीय सीमासँग जोडिएको रोशनपुर्वा गाउँका बासिन्दाले आफ्नै पालिका पुग्न वर्षौंदेखि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय मोहम्मद मुजम्मिलले बताउनुभयो।