नागरिक उन्मुक्तिकी अध्यक्ष भन्छिन् : सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ । रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन् हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं । बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नाउपा नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन ।