कुखुरापालक किसान समस्यामा
तनहुँ- तनहुँका व्यावसायिक कुखुरापालन कृषक समस्यामा परेका छन् । उनीहरूले फार्मका प्रति अण्डा रु ५.६० मा घाटा खाएर बिक्री गर्न बाध्य हुँदा समस्यामा परेका हुन् । उत्पादन गर्दा रु १३.८१ लागत पर्ने र बजारमा रु ८.२१ मा बिक्री गर्नुपर्दा व्यवसायी चर्को मर्कामा परेका हुन् ।
व्यास नगरपालिका–११ बेल्टारीस्थित खड्का पोल्ट्री फार्मका सञ्चालक राजु खड्काले २१ रोपनी क्षेत्रफलमा २० हजार लेर्यस जातका कुखुरा पाल्दै आउनुभएको छ । करिब रु सात करोड लगानी गरी व्यवसाय थाल्नुभएका उहाँले करिब दश हजार कुखुरा मरेको र १० हजारमध्ये आठ हजार पाँच सय कुखुराले अण्डा दिन थालेको तनहुँ अण्डा उत्पादक सङ्घका उपाध्यक्षसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।