Connect with us
Kapilvast Forest

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी भट्टलाई उपरथी दर्जामा पदोन्नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज (बिहीबार) जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच भट्टलाई महारथी शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

पदोन्नति हुनु भएका उपरथी भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ । सोही अवसरमा प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका एक जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नति हुनुभएका चार जनालाई प्रमुख सेनानीलाई पनि पदोन्नति दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu