घुस दिए सबै काम सहज रुपमा हुन्छ : जिल्ला संयोजक बेल्बासे
न्युज सेन्टर नेपाल,
कपिलवस्तु– राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुका अध्यक्ष तथा संयोजक दिपक बेल्बासेले घुस दिए नेपालमा सबै काम सहज रुपमा हुने गरेको बताउनु भएको छ । बेल्बासेले समाजिक सन्जालमा लेख्नु भएको छ यो देश मा सामान्य नियम मान्न चाहाने , सहि बाटो मा हिन्न चाहाने नागरिक को लागि यो देश बस्न लायक छैन ।
सुरक्षाकर्मी घुस मागेको विषयमा बेल्बासेले आफ्नो फेसबुक समाजिक सन्जालमा लेख्नु लेखेपछि सुरक्षा निकाय प्रती व्यापक टिका टिप्पणी सुरु भएको छ ।
बेल्बासेले समाजिक संजालमा यस्तो लेखेका छन –
यदि तपाई यो देश मा कानुन मान्न चाहानु भयो भने अत्यन्तै दुख पाउनु हुन्छ तर घुस दिनु भयो भने सहज छ ।
आज कृष्णनगर नाका मा करिब 600 रुपैया पर्ने सामान को 526 रुपैया नेपाल सरकार लाई 4 घन्टा लगाएर कर तिरेर आए प्रहरी ले 100 रुपैया मागेको थियो मैले घुस दिन चाहिन , घुस दिन नचाहादा राजस्व मा लगेर जकाइदिन्छु भनेर अपमानित र अभद्र व्यवहार पनि भोगे , ! राजस्व कार्यलय को अफिस भित्र कर्मचारी नबस्दा रहेछन अगाडि बाटो मा ढुकेर बस्छन । त्यहा बिचौलिया बस्दा रहेछन त्यहा पनि एक जना ले 100 रुपैया दिएर जानुस दाइ भने मैले दिइन !
100 रुपैया मागेको प्रहरी लाई 50 रुपैया दिएको भए पनि म तुरुन्तै आउन सक्थे तर मैले त्यसो गर्न चाहिन । भाइ तिम्रो घर कहाँ हो के गर्छौ भनेर सोधेका राजस्व का कर्मचारी लाई मेरो घर चन्द्रौटा हो यहि सम्सदिय क्षेत्र नम्बर 3 को म रा स्व पा को उमेद्वार पनि हो भनेर परिचय दिदा ओहो सर भैहाल्यो जानुस पहिले भन्नू पर्थ्यो भनेर भने तर मैले आफू कर तिरेरै जाने भने , कर तिरे !
असाध्यै ढिलासुस्ती अभद्र ब्यबहार र सिधै घुस माग्ने , प्रबृती असह्य लाग्यो मैले नियम मान्छु भन्दा निकै दुख पाए !
मैले कपिलवस्तु जिल्ला प्रमुख सि डि ओ सन्कर हरि आचार्य ज्यु लाई फोन गरेर आफू ले भोगेको समस्या सुनाए , जिल्ला प्रहरी कार्यलय कपिलवस्तु मा पनि जानकारी गराए !
यस्तो छ सिमाना तिर अबस्था !!
घट्ना को निस्कर्स के हो भने यो देश मा सामान्य नियम मान्न चाहाने , सहि बाटो मा हिन्न चाहाने नागरिक को लागि यो देश बस्न लायक छैन तपाई घुस दिनु हुन्छ 2 मिनेट मा तपाई को काम हुन्छ , तपाई नियम मान्नुहुन्छ तपाई ले अत्यन्तै दुख पाउनु हुन्छ अनि अपमानित पनि हुनु हुन्छ !
सभार- दिपक बेल्बासेको फेसबुक वालबाट