गर्ग गोत्रीय समितिको अध्यक्षमा आचार्य चयन
कपिलवस्तु-कपिलवस्तुको शिबराज नगरपालिकामा गर्ग गोत्रीय समिति गठन भएको छ । नगरमा रहेका गर्ग गोत्रीयहरुको सनिबार शिबराज नपा ३ सुपा देउरालीमा भएको भेलाले समिती गठन गरेको हो ।
गर्ग गोत्रीय समिती शिवराज नगर समितिको अध्यक्षमा दिनबन्धु आचार्यलाई चयन गरिएको छ । समितिको उपाध्यक्ष छबिलाल कर्माचार्य, महासचिव खिमराज आचार्य, सचिब कबिता आचार्य, सह सचिब सरोज सर्मा आचार्य , कोसाध्यक्ष गोपाल आचार्य रहेको १७ सदस्यीय समिती गठन भएको छ ।
यस्तै मेघराज आचार्यको सयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरिएको गर्ग गोत्रीय प्रबिण आचार्यले बताउनु भयो ।
गर्ग गोत्रीय समितिले सबै गर्ग गोत्रीयहरुलाइ यस समितिमा समाबेश गर्दै आफ्नो परम्परा सस्कृतीलाई पुस्ता हस्तान्तरण गर्ने र विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुने समितिका अध्यक्ष दिनबन्धु आचार्यले बताउनु भयो ।