Connect with us
Kapilvast Forest

लुम्बिनीमा थपिए ७ मन्त्री

२०७९, २९ माघ आईतवारमा प्रकाशित

दाङ- लुम्बिनी प्रदेशमा सात मन्त्री थपिएका छन् । मुख्यमन्त्री लीला गिरीले सत्ता गठबन्नधनमा भागबण्डा मिलाइ मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेचरनले थप ७ मन्त्री नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले एमालेबाट विष्णुप्रसाद पन्थी, दुर्गाप्रसाद चौधरी र तुलसीराम शर्मा, माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित थारु, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता र राप्रपाबाट जानकीप्रसाद यादवलाई मुख्यमन्त्री गिरीको सिफारिसमा मन्त्री नियुक्त गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार १ बजे दाङको देउखुरीमा शपथ ग्रहणको समय निर्धारण गर्दै तयारी सुरु गरेको छ ।

प्रदेश प्रमुखको सचिवालयले माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री, माओवादीका इन्द्रजित थारु भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादीकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्रीमा नियुक्त भएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुको सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित ५, माओवादीले आर्थिक मामिलासहित ३, जनमत र राप्रपाले १/१ मन्त्रालय पाएका छन् । जसपा सरकारमा सहभागी भएको अवस्थामा एमालेले एक मन्त्रालय जसपालाई दिने पनि सहमति छ ।

प्रदेशसभामा ४ सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गर्दै विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने भएको छ ।

लुम्बिनी प्रदेशमा पुस २७ गते सरकार गठन भएको थियो । माघ ५ गते मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu