Connect with us
Kapilvast Forest

बजेट समीक्षा: दुई खर्ब ४४ अर्बले घट्यो

२०७९, २९ माघ आईतवारमा प्रकाशित

काठमाडौ- सरकारले चालु आर्थिक वर्ष २०७९र८० को बजेटको अर्धवार्षिक समीक्षा गर्दै आकार घटाएको छ। सरकारले बजेटको आकार दुई खर्ब ४४ अर्बले घटाएको हो।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार प्रतिनिधि सभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिनुभएको हो ।

चालु आर्थिक वर्षमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने अनुमान रहेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ। बजेटको आधार १४ प्रतिशतले घटाइएको हो।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड बराबर शुरुआति विनियोजन थियो। त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ। जुन शुरुआति विनियोजनको ८६।३७ प्रतिशत बराबर हो।

त्यसैगरी पुँजीगत खर्चतर्फ तीन खर्ब ८० अर्ब ३८ करोड बराबर विनियोजन रहेकोमा त्यसलाई घटाएर तीन खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ। जुन शुरुआति विनियोजनको ८२।५१ प्रतिशत बराबर हो।

वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २१ करोड बराबर विनियोजन रहेकोमा त्यसलाई घटाएर दुई खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ। जुन शुरूआति विनियोजनको ९३।०५ प्रतिशत बराबर हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu