Connect with us
Kapilvast Forest

इटहरी उपमहानगरले चलायो डोजर

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

विराटनगर- सडक विस्तारका लागि इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ । विराटनगरको रानी- किमाथाङ्का व्यापारिक मार्ग विस्तारआयोजनाअन्तर्गत इटहरी बजार क्षेत्रमा सडक नक्साभित्र परेका घरहरु भत्काएको हो ।

मेयर हेमकर्ण पौडेलसहितको टोलीले इटहरी उपमहानगरपालिका- ६ मा पर्ने ३४ घर भत्काएको हो । उपमहानगरले घर भत्काउनका लागि शनिबारसम्मको अल्टिमेटम दिएको थियो । अटेर गरेपछि आइतबार महानगरले डोजर चलाएको हो ।

मेयर पौडेलले ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक-पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि भत्काइएको बताए । उपमहानगरले यसअघि वडा नम्बर९ का १४ वटा घरहरू भत्काएको थियो ।

इटहरीको मुख्य बजार क्षेत्रको चोकभन्दा दक्षिणतर्फ विराटनगर लाइनको बसपार्कसम्म झन्डै तीन सय मिटर सडक विस्तार हुन सकेको छैन् । साइट क्लियर नभएका कारण विस्तार नभएको हो । उपमहानगरले संरचना भत्काएपछि काम अघि बढ्ने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu