बागमतीमा ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीको परीक्षण
हेटौंडा- बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र लाइसेन्स लिन ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणालीको परीक्षण गरिएको छ । यातायात व्यवस्था कार्यालय चावहिलको ट्रायल सेन्टरमा भएको परीक्षणको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगायतले अवलोकन गरेका छन् ।
यसअघि नै लागू गरिने भनिएको अंक प्रणाली मंगलबारदेखि काठमाडौं उपत्यकाको ८ वटा हेटौंडा चितवन र सिन्धुलीका यातायात कार्यालय गरी ११ वटा कार्यालयबाट कार्यान्वयनमा आउने भएको छ ।