Connect with us
Kapilvast Forest

दुईभन्दा बढी बच्चा जन्माउनेले सरकारी जागिर नपाउने

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

कार्तिक ६, भारतको आसाममा दुईभन्दा बढी बच्चा जन्माउनेहरुले सरकारी जागिर नपाउने भएको छ ।असामको मन्त्रीमण्डलले गत सोमबार सो निर्णय गरेको हो ।उक्त निर्णय आगामी जनवरी १, २०२१ देखि लागू हुनेछ ।

सानो परिवारको मान्यतालाई स्थापित गर्नको लागि सरकारले उक्त कदम चालेको असामका मुख्यमन्त्री सर्वानन्द सोनोवालको जनसम्पर्क इकाइले जारी गरेको एक वक्तव्यमार्फत् जानकारी दिएको हो ।सन् २०१७ को सेप्टेम्बरमै आसामको विधान सभाले ‘आसामको जनसंख्या र महिला सशक्तीकरण नीति’ पास गर्दै दुईजना बच्चा हुनेहरुलाई मात्र सरकारी जागिरको लागि योग्य मान्ने व्यवस्था गरेको थियो ।

साथै, सरकारी जागिरमा रहेकाहरुलाई पनि सोही दुई सन्तानको नीतिलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको थियो ।त्यसैगरी, आसाममा जग्गासम्बन्धी नयाँ नीति पनि लागू गरिएको छ ।

त्यसअनुसार, भूमिहीन आदिवासीहरुलाई तीन विगाह जमीन दिने र जमीन नभएका जनतालाई घर बनाउनका लागि आधा विगाहा जमिन दिने जानकारी उक्त वक्तव्यमा दिइएको छ । तर त्यसरी दिइएको जग्गा १५ वर्षसम्म बेचविखन भने गर्न पाइने छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu