Connect with us
Kapilvast Forest

खेतबारीबाटै आलु चोरी

२०७९, २ फाल्गुन मंगलवारमा प्रकाशित

उर्लाबारी- मोरङको पथरीशनिश्चरे २ कालापानीमा खेतबाटै आलु चोरी भएको छ। पथरी कृषि फर्मका सञ्चालक रुद्रमणि न्यौपानेले लगाएको दुई बिगाहा क्षेत्रफलमध्ये १ कट्ठा जग्गाको आलु गत राति चोरी भएको हो।

न्यौपानेले दुई बिगाहा जग्गा लिजमा लिएर मौसम अनुसारको तरकारी र नगदे बाली लगाउँदै आउनु भएको छ। करिब दुई मन आलु खेतबाटै खनेर चोरले लगेको फर्मका ञ्चालक न्यौपानेले जानकारी दिनुभयो। आलु चोरी भएपछि न्यौपानेले जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराउनु भएको छ। बजारमा नयाँ आलु प्रतिकिलो २५ रुपियाँमा बिक्री भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu