Connect with us
Kapilvast Forest

अखिलको मतदान हुन ढिलाइ विद्युतीय मेसिनको प्रयोग गरिने

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को निर्वाचन केही ढिला हुने भएको छ । बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि मतदान हुन सकेको छैन ।

मतदाताहरू समयमै उपस्थित नभएपछि मतदान केही समय पछि सारिएको हो । यही फागुन २ गतेबाट सुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो । अखिलको अध्यक्षका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसँगै निवर्तमान महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

यस पटकको अखिलको मतदानमा विद्युतीय मेसिनको प्रयोग गर्ने तयारी गरिएको छ । निर्वाचन समिति प्रमुख कुमार खकुरेलका अनुसार मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुने छ । १२-१ बजेसम्म मतदान सुरु गर्न सकेमा राति ९-१० बजेतिर नतिजा आउने छ ।

अनेरास्ववियुका ८२ वटा क्लस्टरमा उम्मेदवारी परेको छ । उम्मेदवारहरुको नामावली फाइनल गर्ने र त्यसलाई विद्युतीय मेसिनमा इन्ट्री गर्ने कुरा अलि झन्झटिलो भएकाले निर्वाचन सुरु गर्न ढिलो भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu