जुम्लामा दुर्घटना हुँदा एकको मृत्यु पाँच घाइते
जुम्ला- जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा छन् । अन्य घाइते हुनेमा पातारासी–३ का २९ वर्षीय सुर बुढा १२ वर्षीया सरिता बोहोरा ५० वर्षीय लोकबहादुर बोहोरा ३० वर्षीया मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका प्रहरीले जनाएको छ ।