Connect with us
Kapilvast Forest

नवलपुरबाट सुरु भयाे निकुञ्ज भित्र जीप सफारी

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

कावासोती- नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी सुरुभएसँगै जिल्लामा पर्यटकीय गतिविधि बढ्न थालेको छ । नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गत वर्ष मध्यवर्ती सामुदायिक वनमा समेत जीप सफारी बन्द गर्ने अवस्थामा पुगेको र हाल निकुञ्जले नारायणी नदी पारी पनि सफारी खुला गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढेको बताउनुभयो ।

जिल्लाबाट जीप सफारी सुरुआत भएपछि यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारी सुरु भएसँगै उत्साही बनेका हुन् । जिप सफारी गराउँदा थप पर्यटक बढ्ने हुँदा आफूहरू उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनीराम गुरौले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu