Connect with us
Kapilvast Forest

बोक्सीको आरोपमा महिलालाई निर्घात कुटपिट

२०७९, ५ फाल्गुन शुक्रबारमा प्रकाशित

बोदेबर्साईन- सप्तरीको बलान विहुल गाउँपालिका वडा ३ कि सोसिता दासलाई कथित बोक्सीको आरोपमा स्थानीयहरूले निर्घात कुटपिट गरेका छन् । गोबरको गुइँठा बनाउँदै गरेकी सोसितालाई बाख्रा हराएको निहुँमा बोक्सी भन्दै छिमेकी रामकुमार दासको श्रीमती जमुना दास भोपिन्द्र दासको श्रीमती रामकुमारी दास भोपिन्द्र दास को छोरी मङ्ली भन्ने सीता दासको समूहले थुपारिएको गोबरभित्र टाउको घुसार्दै कुटेको पीडितको ससुरा देव नारायण दासले भन्नुभयो ।

बुधवार नै छिमेकीहरू मिलेर आफ्नी बुहारी लाई झुटो आरोप लगाई कुटपिट गर्‍यो । तर हामी निवेदन दिन प्रहरीमा जान खोज्दा वडा अध्यक्ष राज किशोर यादवले हामीलाई प्रहरीमा निवेदन दिनुपर्दैन भनेर धम्क्याएको छ ।

मेरो वडाको घटना हो सामाजिक रूपमा म आफै मिलाउँछु भन्दै आएका छन् । हामी गरिब हो आज वडा अध्यक्ष को कुरा मानिन भने भोलिदेखि जीवनभर हामीलाई दुख दिने होला भने डरको कारण हामी न्यायको लागि प्रहरीसम्म पुग्ने आँट गरेका छैनौँ। पीडितका ससुरा देवनारायणले साउनुभयो ।

बहिनीको श्रीमान् रोजगारीको लागि काठमाडौँ जानु भएको छ ।चार जना छोरी एक छोरा सहित गाउँमा बस्दै आएकी बहिनीलाई बोक्सी भन्दै छिमेकीहरूले धेरै कुटपिट गरेको छ ।कुटपिटले बहिनीको शरीरका विभिन्न भागहरू फुटेको सुनेको र भित्री अङ्गबाट अत्यधिक रक्तस्राव समेत भइरहेको छ ।

घटनाको आज तीन दिन हुँदै छ उनी आफैँ उभिन र बोल्न समेत सकेको छैन । गरिबी र पैसा अभावले बहिनीलाई उपचारमा लाग्न नसकेको पीडित सोसिताकी दिदी रिता देवी दासले जानकारी दिनुभयो ।

एकजना महिला माथि सामुहिक रुपमा कुटपिट जस्तो जघन्य घटना भइरहँदा यहाँका जनप्रतिनिधि र केही व्यक्तिहरु मिलेर राजनैतिक रुपमा घटनाको ढाकछोप गर्न लागिएको स्थानीय बुद्धिजीवीहरुले जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu