गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
चितवन-गैँडाको आक्रमणबाट पूर्वी चितवनमा एक वृद्धको मृत्यु भएको छ । मंगलबार ‘मर्निङ वाक’ हिँडेको समयमा चितवन निकुञ्जबाट आएको गैँडाले आक्रमण गर्दा रत्ननगर नगरपालिका–९ लालपर्साका ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु हाे ।
बिहान करिब ६ बजेको समयमा मर्निङ वाकमा निस्किएका तामाङलाई गैँडाले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । ‘मिलिजुली सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने मोहना चोकदेखि पश्चिम लालपर्सा जाने बाटोको कल्भर्ट छेउमा सो घटना थियो ।
बिहानी समयमा हिँड्दा गैंडासँग जम्काभेट भएपछि आक्रमणमा परेको प्रारम्भिक जानकारी आएको छ’, तिवारीले भन्नुभयो । मृतकको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।