Connect with us
Kapilvast Forest

आठ दलले सङ्घ र प्रदेशमा भेला गर्ने

२०७९, १६ फाल्गुन मंगलवारमा प्रकाशित

राष्ट्रपति निर्वाचनका लागि आठ राजनीतिक दलद्वारा गठित कार्यदलले प्रचार प्रसार सुरु गर्ने भएको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का नेतृत्व कार्यदलले प्रचार प्रसार तयारी थालेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव डा. वेदुराम भुसालका अनुसार कार्यदलको पहिलो बैठकले फागुन १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग भेटघाटसहित अभिमुखीकरण गर्ने कार्यक्रम तय गरेको छ । त्यसैगरी फागुन १९ गते प्रदेशमा भेला गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

डा. भुसालले फागुन २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाडौँमा उपस्थित हुन सूचित गरिने बताउनुभयो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा साझा उम्मेदवारका रूपमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेका छन् ।

कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका महासचिव डा. भुसाल, जसपा नेपालका नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता एवं खानेपानीमन्त्री अब्दुल खाँ, लोसपा नेपालका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी सदस्य रहनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu