पुरा भएन मेयर थापाको प्रतिबद्धता, चोरखोलामा पुगेन विद्युत
सनिउल्ला धोबी, कपिलवस्तु,
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ चोरखोला गाँउमा विद्युत नपुग्दा स्थानिय अन्धकारमा बस्न बध्य भएका छन । न्युज सेन्टर नेपालले गत पुष १३ गते “कपिलवस्तुको शिवराजवासी अन्धकारमा, शालिक बनाउन २५ लाख” शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
सोही दिन शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापाले आफ्नो सामाजिक संजाल फेसबुकमा“ शिवराज नगरपालिका वडा नं १ चोरखोला गाँउमा विद्युत पोल खसिसकेको र १। २ महिना भित्रै अध्यारो मुक्त हुनेछ । सकारात्मक सोच ।” भनेर लेख्नुभएको थियो ।
उक्त स्टाटस सगै स्थानियले पोल झार्दै गरेको तिन तस्बीर समेत पोष्ट गरेका थिए । मेयर थापाले उक्त स्टाटस पोस्ट गरेको आज २ महिना पुरा भएको छ । २ महिना पुरा हुदाँसम्म चोरखोलामा अझैसम्म विद्युत पुग्न सकेको छैन । मेयर थापाले गरेको प्रतिबद्धता पुरा नगर्दा चोरखोला बासी झन दुखी भएका छन ।

शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापाको फेसबुक एकाउन्टबाट
एक, दुई महिनामा विद्युत पुग्छ भनेर मेयर थापाको स्टाटसलाई आधार मानेर विभिन्न सन्चार माध्यममा समाचार समेत प्रकाशित भएका थिए । उक्त समाचार मेयर थापाले समेत शेयर गरेका थिए । नगर प्रमुख अजय थापाले धनखोलामा विद्युतको लागि पहल भैरहेको बताए पनि अझै सम्म विद्युत पुग्न सकेको छैन ।
चोरखोला गाँउमा विद्युत नपुग्दा करिब ४० घर परिवार अन्धकारमा बस्न बध्य भएको चोरखोलका स्थानियले बताएका छन । नगरपालिकासंग विद्युत ल्याउनका लागि पटक पटक भन्दा कुनै सुनुवाई नभएको स्थानियले दुखेसो पोखेका छन ।
चोरखोलामा विद्युत नपुगेको विषयलाई न्युज सेन्टर नेपालले पटक पटक उठान गर्दे आएको छ । न्युज सेन्टर नेपालले २०७८ को माघ १३ गते अन्धकारमा बस्छन् र दुषित पानी पिउछन् शिवराजवासी भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यस्तै २०७९ भदौ २८ गते सरकारको ध्यान नपुगेको चोरखोला गाँउ, ४५ घर परिवार अन्धकारमा बस्न बध्य र पुष १३ गते “कपिलवस्तुको शिवराजवासी अन्धकारमा, शालिक बनाउन २५ लाख” शिर्षकमा समाचार प्रकाशित गरी ध्यानाकर्षण गर्दे आएको छ ।
