Connect with us
Kapilvast Forest

माओबादी केन्द्रको प्रशिक्षण कार्यक्रम कृष्णनगरमा सम्पन्न

२०७९, २० फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु- नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कमल चुदाली विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे नेकपा

माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा निर्वाचन क्षेत्रीय संयोजक राजेन्द्र आचार्य उद्योग व्यापार संघ जिल्ला उपाध्यक्ष तथा शिवराज नपा वडा नं ७ प्रतिनिधि भरत पोख्रेल लगायत रहेका थिए ।
िकार्यक्रममा शुभकामना तथा स्वागत गीता देवी सुनारले गरिन्

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल चुदालीले नेकपा माओबादी केन्द्र अहिले सम्म परिवर्तनको प्रमुख शक्ति रहेको, दश बर्षे जनयुद्ध तथा जन आन्दोलनको परिणाम अहिलेका उपलब्धि हरू संबैधानिकरण भएको,राज्य प्रणाली को शासन व्यवस्था परिवर्तनमा नेकपा माओबादी केन्द्रको योगदान अविस्मरणीय रहने,अब नेकपा माओबादी केन्द्र ले जनताको अवस्थामा परिवर्तन गर्नूपर्नेमा माओबादी केन्द्रले काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले आजको गणतंत्र र धर्म निरपेक्ष राष्ट्र निर्माणमा जनयुद्ध तथा सहिदहरूको योगदान अविस्मरणीय रहने बताउदै सहिदहरूको योगदानको सधै कदर गर्दै पार्टी देश र जनताको हकहितमा सधै काम गर्ने बताए ।

कार्यक्रममा बोल्दै बिष्णु बेल्बासेले पार्टीका साथीहरूलाई भ्रष्टाचारका बिरूद्ध जोडदार रूपमा आवाज उठाउन आग्रह गरे िकार्यक्रममा बोल्दै हजरत अलीले देशको विकासमा लाग्न सम्पूर्ण पार्टीका साथीहरूलाई आग्रह गरे ।

कार्यक्रममा अनुप चौधरी,नूर मोहम्मद खान, प्रहलाद यादव,शाहिद खान,तोफेल खां, जगनारायण कलवार,शब्नम खातुन लगायत नगर कमिटी सदस्य तथा नेकपा माओबादी केन्द्र पार्टी समर्थक हरूको उपस्थित रहेको थियो । नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश बन्जाडेले कार्यक्रम संचालन गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu