सडक नबन्दा आवतजावतमा समस्या
तौलिहवा- कपिलवस्तुको टिक्कर बुड्ढी बिजगौरी हुँदै तौलिहवा जोड्ने २२ किलोमिटर सडक कालोपत्रे पूरा हुन सकेको छैन। सडक कालोपत्रे हुन नसक्दा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य छन्।
धुलामेय सडकका कारण बालबालिका तथा वृद्धवृद्धामा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने खतरा बढेको छ। तत्कालीन जिल्ला विकास समिति हुँदा स्थानीय सडक सुधार परियोजना ।
सएनआरटीपीमार्फत १० करोडको लागतमा सो निर्माण भएको थियो। करिब २२ किलोमिटर कपिलवस्तुको टिक्कर बुड्ढी बिजगौरी हुँदै तौलिहवा जाने सडक हाल आएर टिक्करबाट कालोपत्रेको काम सुरु भए पनि बजेट अभावमा पूरा हुन सकेको छैन।
बुद्धभूमि नगरपालिकास्थित घनचौरादेखि बुड्ढी–हनुमानचोक हुँदै तौलिहवा जाने सडक ठाउँठाउँमा भत्किँदा एकातिर दुर्घटनाको जोखिम बढेको छ भने अर्कातिर स्थानीयले हिउँदमा धुलामेय र वर्षायाममा हिलामे सडकमा कष्टकर यात्रा गर्नुपर्ने बाध्य छ।
स्थानीय अम्मरराज आचार्यले धुलामेय सडकका कारण वृद्धवृद्धा बालबालिकामा दम आँखा चिलाउनेलगायतका सङ्क्रमणका साथै वातावरणीय प्रदूषणसमेत बढेको बताउनुभयो। सदरमुकाम तौलिहवा जाने महìवपूर्ण सडकका रूपमा रहेको छ।