सुनसान छ चोभार सुख्खा बन्दरगाह
काठमाडौँ- चोभार सुख्खा बन्दरगाह सञ्चालनको एक वर्ष पुगे पनि गति लिन सकेको छैन । भन्सार जाँच पासका काम नहुँदा बन्दरगाह सुनसान छ । २०७८ चैत्त २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनको एक वर्ष पुग्न लाग्दा आयात र निर्यातका गरी १०९ वटा मात्र कन्टेनर भन्सार जाँच पासका लागि आएको देखिएको छ । जसमध्ये १०५ वटा आयातका कन्टेनर र ४ वटा निर्यातका कन्टेनरहरू भन्सार जाँच पासका लागि आएको चोभार सुख्खा बन्दरगाहका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।