मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
ढल्केबर- धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी नायव निरीक्षक ईश्वरविक्रम शाहले दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुरका ४० वर्षीय विनोद महतो र पहिचान खुल्न नसकेको एक पुरुषको मृत्यु भएको बताउनुभयो ।
सोमबार राती ११ बजे महोत्तरीको बर्दिबासबाट ढल्केवरतर्फ आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल सडकमा हिँडिरहेको पहिचान खुल्न नसकेका व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका दुवै जनाको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा राती नै मृत्यु भएको प्रहरी नायब निरीक्षक शाहले बताउनुभयो ।