Connect with us
Kapilvast Forest

बाह्र वर्षपछि पुल निर्माण सुरु

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

दैलेख- दैलेखको राकम कर्णाली र अछाम जोड्ने पक्की पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण थालिएको छ। २०६७ मा ठेक्का सम्झौता भएको पुल निर्माण कार्य १२ वर्षपछि मात्र सुरु भएको हो। २०६७ मा ठेक्का भई २०७१ पुस मसान्तसम्म सम्पन्न गर्ने गरी १३ करोड १३ लाखमा पुल निर्माण गर्ने सम्झौता भएको थियो।

सम्झौता भएपछि निर्माण कम्पनीले दैलेख क्षेत्रमा पर्ने पिल्लर मात्र उठाएर बेपत्ता भएको थियो। कुमार श्रेष्ठ निर्माण सेवा काठमाडौँका प्रभु गिरीले १२ वर्षअघि निर्माण कार्य सुरु गरेको भए पनि बीचमा पुलको प्राविधिक स्टिमेटका कारण पुल निर्माण कार्य लम्बिएको बताउनुभयो।

उहाँले सुरुमा वेल डिजाइन रहेको पुल अहिले पाइल डिजाइनमा पास गरेपछि निर्माण सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो आगामी एक वर्षभित्र पुल निर्माण कार्यले पूर्णता पाउँछ।उहाँका अनुसार पुल निर्माणका लागि दैलेखतर्फबाट एउटा पिल्लर हालेर सुरु गरिएको थियो। अछाम भागबाट पिल्लर हाल्दा ढुङ्गा लागेपछि कम्पनीले निर्माण कार्य रोकी पुलको डिजाइन स्टिमेट परिवर्तन गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu