Connect with us
Kapilvast Forest

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गर्नुभएको हो ।

यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो । पूजा सकेर उहाँ आजै सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय जानुहुने कार्यक्रम छ । त्यहाँ उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गर्नुहुने तथा सङ्ग्रहालयको अवलोकन गर्नुहुनेछ । उहाँ आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जानुहुने कार्यक्रम छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu