प्रधानमन्त्री प्रचण्डसँग बेलायती राज्यमन्त्री ट्रेभेलियनको भेटवार्ता
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उहाँ बुधबार हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो ।