धौलागिरी क्याम्पसमा स्ववियु निर्वाचन : स्थगित
बागलुङ- धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन स्थगित भएको हो । विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि चैत ५ गतेका लागि त्रिभुवन विश्व विद्यालयले तोकेका निर्वाचन स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन संयोजकको जिम्मेवारीबाट फागुन ३० गते राजीनामा दिनुभएको थियो । निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको धौलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले जानकारी दिए ।
अखिल क्रान्तकारी लगायतका पाँच विद्यार्थी संगठनले विद्यार्थीहरुको परिचयपत्र नयाँ जारी गर्नुपर्ने लगायतका माग राख्दै निर्वाचन कार्यालयमा ताला लगाएको थियो । पटक–पटकको वार्ता र छलफलबाट समस्या समाधान नभएपछि नेपाल विद्यार्थी संघले ताला फुटाएको थियो ।