रास्वपाको बैठक स्थगित
काठमाडौं- उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको हो ।
बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको थियो । तर निर्वाचन आचारसंहिता लगायतका कारण बैठक स्थगित भएको महामन्त्री मुकुल ढकालले बताउनु भयो ।