उपराष्ट्रपति चुनाव अनुकूल हुने देख्दैछु : अष्टलक्ष्मी
काठमाडौं- उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने बताएकी छन् । संसद भवन नयाँबानेश्वरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै शाक्यले भनिन् स्वस्थ अस्वस्थ मर्यादित अमर्यादित अनेकौं चलखेल हुन्छ त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं । उपराष्ट्रपति निर्वाचन आफ्नो अनुकूल हुने देखेको उनले बताइन् राष्ट्रपतिमा अनुकूल भएन बरु यो अनुकूल देख्दैछु उनले भनिन् ।