Connect with us
Kapilvast Forest

स्ववियु निर्वाचनमा बूढीनन्दा क्याम्पस कोल्टीमा झडप नियन्त्रण लिन प्रहरीले ग¥यो हवाई फायर

२०७९, ५ चैत्र आईतवारमा प्रकाशित

बाजुरा- बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन दल निकट विद्यार्थीसँग र नेकपा एमाले अनेरास्ववियुबीच झडप भएको हो ।

स्ववियुको निर्वाचन बिथोल्ने गरी एमालेका कार्यकर्ताले एकतर्फी रूपमा ढुङ्गा प्रहार गरेको गठबन्धन दल निकटका विद्यार्थी सङ्गठनले आरोप लगाएका छन् । अनेरास्ववियुले एकतर्फी ढुङ्गा प्रहार हुन थालेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेको हो ।

स्ववियुको निर्वाचनमा विद्यार्थी मतदान गरिरहेको अवस्थामा बाहिरबाट ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रण गर्न हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत पर्ने बूढीनन्दा क्याम्पसमा तीन दलीय भातृ सङ्गठन नेविसंघ अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु एस उम्मेदवार र एमाले निकट अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu