Connect with us
Kapilvast Forest

सात वर्षमा पनि भएन कालोपत्रे

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

हिले- मध्यपहाडी लोकमार्गको धनकुटा खण्ड अन्तर्गत सबैतिर सडक निर्माणकार्य पूरा हुँदा पनि माङ्गमायादेखि वरडाँडासम्म तीन किलोमिटर सडक भने अझै पूरा हुन सकेको छैन। अन्यन्त्र सबै ठाउँमा सडक निर्माण भएको सात वर्ष बित्न लाग्दासमेत यो क्षेत्रमा भने काम भएको छैन।

सडक समयमै निर्माण पूरा नहुँदा बर्सेनि समस्या भोग्नु परेको स्थानीयको गुनासो छ। समयमा बाटो पिच नहुँदा दैनिक चल्ने यातायात तथा विद्यार्थी तथा व्यवसायीले विभिन्न समया भोग्दै आएका छन्। होटल व्यवसाय हिउँदमा धुलो र वर्षामा हिलोको कारण धरापमा परेको स्थानीय तोर्णबहादुर बस्नेत बताउनुहुन्छ।

धनकुटामा मध्यपहाडी लोकमार्ग तेह्रथुमबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित चित्रेबाट सुरु भएर छथरजोरपाटी हुँदै धनकुटा नगरपालिका पाख्रिबास नगरपालिका र पुनः महालक्ष्मी नगरपालिकाको लेगुवा बजारमा पुगेर भोजपुरतर्फ लाग्छ। यो सडकको धनकुटा खण्डमा मात्र करिब पचास किलोमिटर पर्दछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu