बालविवाहविरुद्ध धामीझाँक्री
कालीकोट- जिल्लाको तिलागुफा नगरपालिकाभित्र रहेका धामीझाँक्रीले बालविवाह अन्त्यका लागि साझा प्रतिबद्धता जनाएका छन्। शुक्रबार नगरपालिकामा भेला भएका धामीझाँक्रीले समाजमा रहेको बालविवाहलाई रोक्न सातबँदे प्रतिबद्धता जनाएका हुन्। गाउँमा हुने बालविवाहलाई रोक्न धामीझाँक्री र पुरोहितलाई परिचालन गर्न आयोजना गरिएको सम्मेलनमा सो प्रतिबद्धता जनाइएको हो।