अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडाैँ- विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये घुस रिसवत गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय अनुसार चैत १० गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
घुस रिसवत गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दाहरू यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडाैँमा दायर गरिएकाे थियाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा चैत १२ गते एक विज्ञप्ति प्रकाशित गरी साे कुराकाे जानकारी गराइएकाे हाे ।