इनरुवामा शिक्षक र प्राध्यापकलाई सम्मान
इनरुवा- हिन्दु स्वय्मसेवक संघ नेपालले बौद्विक वर्गका शिक्षक र प्राध्यापकलाई सम्मान गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा योगदान गर्नेहरुलाई सम्मान गरेको संघले जनाएको छ ।
निर्माण व्यवसाय संघ इनरुवामा सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहताले माला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
संघले आफ्नो कार्यक्रमको समीक्षा एवं सम्मान कार्यक्रममार्फत् प्राध्यापक इश्वर पण्डित मनोजकुमार यादव सुकदेव मेहता तेजनारायण साह दशरथ दाससहितकालाई सम्मान गरेको संघका श्रवणकुमार यादवले जानकारी दिनुभयो ।