जनमत पार्टीले तोक्यो छ जिल्लामा इन्चार्ज
काठमाडौँ- जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इन्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इन्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।
पर्सा रौतहट सर्लाही महोत्तरी धनुषा र सिरहाको इन्चार्ज तोकिएको अध्यक्ष सीके चन्द्रकान्त राउतले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा माधवप्रसाद सिंह इन्चार्ज ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिनुभएको छ ।