उपनिर्वाचनबारे छलफल गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै
उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को पदाधिकारी बैठक आज बस्ने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्नेछ।
बैठकमा वैशाख १० मा तनहुँ १ चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।