मुगुवासीलाई आधुनिक चुल्हो
मुगु- जिल्लाको छायानाथ रारा नगरपालिकाका २ ३ र ५ नं. वडाका अति विपन्न र ज्येष्ठ नागरिकले आधुनिक चुलो पाएका छन् । उनीहरूलाई नगरपालिका र सहयोगी हातहरूको समूह सहास नेपालले ११६ परिवारलाई आधुनिक चुलो वितरण गरेका हुन् ।
परम्परागतको चुलोले विपन्न परिवारका सदस्यलाई स्वास्थ्यमा असर पारेकोले स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले विपन्न परिवारलाई चुलो वितरण गरेको बताइएको छ ।
छायानाथ रारा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष परेगराज चौलागाइले नगरका ज्येष्ठ नागरिक, एकल महिला र अन्य दलित महिलाको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले धुवाँरहित चुलोको वितरण गरिएको बताउनुभयो ।