कपिलवस्तुमा किशोरी तथा अभिभावक सम्मेलन सम्पन्न
कपिलवस्तुमा किशोरी तथा अभिभावक सम्मेलन विहिबार सम्पन्न भएको छ । न्यायपुर्ण र विभेदरहित समाज निर्माणको लागि किशोरी तथा अभिभावक सम्मेलन विजयनगर गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
किशोरीहरुको नेतृत्वमा न्यायपुर्ण र विभेदराहित समाज निर्माणका लागि राष्ट्रस्तरका संञ्जल बनाउने दुर दृष्टि का साथ कार्यक्रम गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बाहादुर थापाले किशोरीहरुमाथी रहेको असमानताहरुको अन्त्यको लागि किशोरीहरुलाई तालिम सञ्चालन गरी उनीहरुको मार्फतबाट अभिभावक समुदायमा सन्देश फैलाउन सके यसको प्रभावकारीता हुने र यसको लागि स्वयम किशोरीमा आधारीत कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा महिला छोरीलाई राम्रो संग शिक्षा अर्जन गर्न र आमाबुवा को मानसम्मान राख्न र आफ्नो खुट्टामा आफै उभिनु थापाले जोडदिनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले किशोरीहरुले आफ्नो समस्या स्थनिय तह र वडा कार्यालयमा खुलेर राख्ना अग्रह गर्नुभयो ।
उपाध्यक्ष चौधरीले समाजिक सन्जाल सदुपयोग सहि तवरले गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । किशोरी तथा अभिभावक सम्मेलन अनु विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय गणेशपुरका कृष्ण मगर, अभिभावकहरु लगायतले सम्बोधन गर्नु भएको थियो ।