Connect with us
Kapilvast Forest

मुख्यमन्त्री अधिकारीलाई माओवादीको जवाफ : समर्थन दिन सक्दैनौं

२०८०, ९ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं- माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखेका छन् । त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए ।

उनले यो विवादको उत्पत्ति प्रदेशमा नभई संघमा भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुनुपर्ने भएपनि त्यसो नभएको उनले बताए ।

छलफलमा भाग लिँदै माओवादी संसदीय दलका नेता चुमानले आफ्नो दलले समर्थन फिर्ता लिएरै यो अवस्थामा आइपुगेकाले समर्थन गर्न नसक्ने बताएका छन् । उनले भने मुख्यमन्त्रीजीले जो प्रस्ताव राख्नु भएको छ हामीले समर्थन दिनसक्ने भएन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu