Connect with us
Kapilvast Forest

सादा पोशाकको विकृति हटाउँछौं : आईजीपी अर्याल

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं- सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक आईजीपी  राजु अर्यालले सशस्त्र प्रहरी बल राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको दाबी गरेका छन् । सोमबार सशस्त्र प्रहरी बलले एक वर्ष अवधिमा भएका कामबारे जानकारी दिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासामाथि जवाफ दिँदै अर्यालले यो अवधिमा सशस्त्र प्रहरी बलमा संगठनले चाहे अनुसारको सरुवा र बढुवा भएको बताए । यो विषयमा सकरात्मक सन्देश दिँदा सबै संगठनलाई राम्रो हुन्छ उनले भने ।

अर्यालले सशस्त्र प्रहरीमा सादा पोशाकका सुरक्षाकर्मी हटाइएको पनि बताए । विकृति हटाएका छौं विशेष अवस्थामा माथिल्लो युनिटलाई जानकारी गराउनुपर्ने प्रावधान राखेका छौं आईजीपी अर्यालले भने ।

पुरानै जनशक्ति कायम रहेको अवस्थामा सीमामा बोर्डर आउट पोष्ट बीओपी मात्र थप गर्दा कत्तिको प्रभावकारी होला भन्ने प्रश्नमा अर्यालले भने जनशक्ति थपिएन भन्दैमा बीओपी नथप्ने भन्ने हुँदैन कुन ठाउँमा मुख्य कार्यदेश दिइएको छ त्यही अनुसार शक्तिलाई केन्द्रीत गरेका छौं ।

अर्यालले सुविधा पाउँदा मात्र बीओपी थप गर्नुपर्ने नभइ सुविधा नहुँदा पनि गर्दै जानुपर्ने बताए । उनले संगठनमा नयाँ पुस्तालाई आकर्षण गराउने गरी करिअरको योजना बनाउने काम पनि भइरहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu