Connect with us
Kapilvast Forest

भारतमा गरेको उपचारको खर्च आफैं व्यहोर्ने राष्ट्रपतिको चाहना

२०८०, १९ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको आफ्नो उपचारको खर्च आफैंले व्यहोर्न चाहेका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले मंगलबार एक प्रेस नोट जारी गर्दै भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले ब्यहोर्न चाहेको बताएका छन् ।

उनले प्रेस नोटमा लेखेका छन्उ पचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले ब्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ । छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका राष्ट्रपति पौडेल चिकित्सकहरुको सुझावका आधारमा ६ वैशाखमा भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स मा उपचारका लागि गएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu