प्राचिन कपिलवस्तुको विकास गर्छौ : मन्त्री किराती
कपिलवस्तु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुरु योजना बनाएर प्राचिन कपिलवस्तुको विकास गरिने बताएका छन । बृहत्तर लुम्बिनी विकास अन्र्गत बुद्धसंग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने उनले बताए । २५६७ औ बुद्धजयन्तीकालागि लुम्बिनी आएका मन्त्री सुदनले प्राचिन कपिलवस्तुको निग्रोधराम कुदान, गोटहीवा र तिलौराकोटको अवलोन पछि सो कुरा बताएका हुन ।
‘ बुहत्तर लुम्बिनी विकासकालागि गुरु योजना निर्माण भईरहेको छ, अब बुद्ध स्थलहरुको चौतर्फी विकास हुन्छ ’ उनले भने ‘ यस्को विकास अब तीब्र गतिमा जान्छ ’ । सधै लुम्बिनीका कारण आझेलमा पर्ने गरेको प्राचिन कपिलवस्तुका बुद्ध स्थलहरुको विकासमा आफु लागी परेको उनले बताए । उनले आउने बर्ष देखि प्राचिन कपिलवस्तुमा भब्यरुपमा बुद्धजयन्ती मनाईने बताए । ‘ म भर्खर मन्त्री भएर आएको हो, यहाको स्थिति र अवस्था बारे बुझ्दै छु ’ उनले भने । मन्त्री किरातीले अब बुद्ध स्थलको बिकासमा ढिलाई गर्न नहुने बताए । उनले तिलौराकोटलाई बिश्व संपदा सुचीमा सुचीकृत गराउन मन्त्रालयले प्राथमिकतामा राखेको बताए ।
मन्त्री किरातीलाई लुम्बिनी विकास कोषका सुचना अधिकरी हरिद्धवज राई र ज्ञानीन राईले बुद्धस्थलको ऐतिहासिक पृष्ठभुमी, अवस्था, उत्खनन आगामी योजना लगायतका विषयमा जानकारी गराएका थिए । राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गरेपछि बैशालीबाट राजधानी प्राचीन कपिलवस्तु पहिलो पटक आएको स्थलकारुपमा निग्रोधरामलाई मानिन्छ । यस्तै चिनिया यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरे पछि यही ठाउमा राजा शुद्धोदनलाई दर्शन दिई यशोधरा, प्रजापति र राहुल लगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराईएको पुस्तकहरुमा उल्लेख गरेको पाईन्छ ।
यहां बुद्धकालीन सो विहारका भग्नाअवशेषहरु रहेका छन् । यसै स्थानमा गौतम बुद्धका छोरा राहुललाई पनि उनले भिक्षु बनाएका थिए । यो क्षेत्रलाई बुद्ध धर्मग्रन्थ अनुसार निग्रोधारामको नामले समेत चिनिएको छ । यसलाई राजा शुद्धोधनको न्यायालय पनि भन्ने गरिन्छ । २० औ राज्यभिषेकका अवसरमा सम्राट अशोकले गाटीहवामा क्रकुछन्द बुद्धको जन्म स्थल भएका भन्दै स्तम्भ खडा गरेका थिए । १ हजार ७ सय ८० वर्ष अघि गोटिहवा अस्तित्वमा थियो । तिलौराकोट राजा सुद्धोदनको राज प्रसाद तथा सिद्धार्थ गौतम बुद्धको क्रिडा स्थलकारुपमा रहेको छ । तिलौराकोट बिश्व संपदा सुचीमा सुचीकृत गर्न प्रस्तावित स्थल हो ।