Connect with us
Kapilvast Forest

दुई सय किलो गाँजा बरामद

२०८०, २३ बैशाख शनिबारमा प्रकाशित

बर्दिबास- प्रहरीले पूर्वपश्चिम लोक मार्ग क्षेत्रबाट सवारीसहित भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । बर्दिबासस्थित इलाका प्रहरी कार्यालयबाट शुक्रवार खटी गएको रात्रिकालीन गस्तीले २०७ किलो तयारी गाँजासहित प्र २–०२–००१ च ४५७ नम्बरको गाडी नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीका अनुसार बर्दिबास नपा ४ स्थित पूर्वपश्चिम लोक मार्गको माई स्थान पुगेको गस्ती प्रहरीले राती साढे १० बजेतिर आकस्मिक चेकजाँच गर्न थालेको थियो । गस्ती प्रहरीलाई देखेपछि पश्चिमबाट पूर्वतर्फ जाँदै बर्दिबास प्रहरीले बरामद गाँजासहित स्कोरपियो नियन्त्रणमा लिई सघन अनुसन्धान गरी रहेको जिल्ला प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जनाउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu