Connect with us
Kapilvast Forest

टोपबहादुरजी हिजो प्रहरीकोमा हाजिर हुने कुरा थियो तर हुनुभएन: ओली

२०८०, २८ बैशाख बिहीबारमा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आफ्नो पार्टीका सांसद टोपबहादुर रायमाझी बुधबार प्रहरीकहाँ हाजिर हुने भनिए पनि उनी नआएको बताएका छन्।

बिहीबारदेखि सुरू भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले रायमाझीनिकटले आफूलाई फोन गरेको जानकारी दिए।

‘मलाई उहाँनिकटका मानिसले फोन गरेका थिए- के गर्ने भनेर,’ ओलीले भने,‘मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ। उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन।’

ओलीले एमाले भ्रष्टाचारविरोधी पार्टी भएकाले कानुनी प्रक्रियालाई सघाउन रायमाझीलाई निर्देशन दिइएको बताए।

‘आरोप लाग्दैमा कोही दोषी हुँदैन, तर पक्राउ पुर्जी जारी नै भइसकेपछि उहाँले कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्छ भनेर हामीले उहाँलाई सचिवबाट निलम्बन गरेका छौं,’ ओलीले भने।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu