Connect with us
Kapilvast Forest

बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

२०८०, २९ बैशाख शुक्रबारमा प्रकाशित

पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम) सुरु भएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा दोस्रो संस्करणको रूपमा बुद्धिस्ट ट्राभल मार्ट सुरु भएको हो ।

आयोजक नाट्टाले विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बीआइटीएम आयोजना गरिएको जनाएको छ ।

नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापाले कोभिड महामारीपछि नेपालको पर्यटन गतिविधि पुनः सुचारु भइरहेको बताउनुभयो । पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्धभूमि लुम्बिनीलाई केन्द्रमा राख्दै आयोजना गरिएको ट्राभल मार्ट वैशाख ३० गतेसम्म चल्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डको संयोजनमा आयोजना भएको बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको सचिवालय नाट्टाले वैशाख २८ देखि ३० गतेका लागि भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट ट्राभल–टुर कम्पनीहरू सहभागी छन् ।

नेपालबाट पनि सोही सङ्ख्यामा ट्राभल–टुर कम्पनीहरू विक्रेताका रूपमा सहभागी गराई बीटुबी कार्यक्रम तयारी गरिएको उहाँले जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

यसअघि लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्वलन गरिएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा उहाँ उपस्थित हुन नसकेको आयोजकले जानकारी दिएको छ ।

नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले लुम्बिनीको होटल पवन प्यालेसमा बीटुबी कार्यक्रम आयोजना हुने र सोही होटलमा स्वदेशी तथा विदेशी विज्ञद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनार हुने जानकारी दिनुभयो ।

बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालनबाट नेपाली टुर्स एण्ड ट्राभल कम्पनीहरू र होटल व्यवसायीले विदेशी टुर र ट्राभल कम्पनीसँग व्यापार साझेदार गर्ने सम्भावना वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनीमा विश्वभरिका पर्यटक ल्याउन थप मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट लुम्बिनीलगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसारमार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu