Connect with us
Kapilvast Forest

नेपाल लेखापढी कानुन ब्यवसायीको ९ औ अधिबेशन सम्पन्न

२०८०, ३१ बैशाख आईतवारमा प्रकाशित

कपिलवस्तुको तौलिहवामा नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कपिलवस्तु ईकाईको ९ औ अधिबेशन तथा १३ साधारण सभा संपन्न भएको छ । अधिबेशनमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यष बाहेकका अरु सबै पद निर्बिरोध भएका छन । समितिको सचिवमा राजेश प्रसाद गुप्ता, सह सचिवमा सुनिल कुमार यादव, सह कोषाध्यक्षमा पशुपति ग्प्ता निर्बिरोध निर्वाचित भएका छन ।

यस्तै समितिका सदस्यहरुका रामबृक्ष केवट, रबिन्द्र गुप्ता, केशव खनाल, छबिलाल पुरी, सबित्रा शर्मा, सबनम चौधरी र हरिाम पासवान समेत निर्बिरोध भएका छन । अध्यक्ष उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन भने जेठ ६ गते शनिवार हुनेछ । अध्यक्षमा भने बिष्णु प्रसाद मौर्य र दुर्गा प्रसाद पाण्डेयले उम्मेदवारी दिएका छन । उपाध्यक्षमा सुनिल पाण्डेय, अशोक कुमार धोबी र अम्बिका प्रसाद प्रजापति तथा कोषाध्यक्षमा सदन कुमार चौधरी र रामेन्द्र सिंह चौधरीले उम्मेदवारी दिएका छन ।

अधिबेशनको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र ऐसोशिएशनका केन्द्रिय उपाध्यक्ष गोबिन्द प्रसाद पोख्रेलले ब्यानर उखारेर संयुक्तरुपमा उदघाटन गरेका थिए । सो अवसरमा मेयर पौडेलले लेखापढी ब्यवसायीेले ईमान्ँदारीपुवक काम गर्नु पर्ने बताए । कित्ता काट नखुल्दा लेखापढी ब्यवसाइि मारमा परेको भन्दै प्राबिधिक कारणले ढिलाईए भएको उनले बताए । सो अवसरमा उपाध्यक्ष पोख्रेलले लेखापढी ब्यवसायीले प्रभावकारी र ईमान्दारीकासाथ काम गर्नु पर्ने बताए ।

ऐशोसिएशनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद मौर्यको अध्यक्षता, रामप्रसाद शर्माको संचालनर यादव घिमिरेको स्वागतमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, बारका जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का प्रदेश सचिव अजुृन बहादुर क्षेत्री, केन्द्रिय सदस्य टंकनाथ पाण्डेय, कोषाध्यक्ष हरि प्रसाद पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए । बन्द सत्रमा सचिव राजेश प्रसाद गुप्ताले प्रगति र कोषाध्यक्ष श्यामलाल यादवले आर्थिक प्रतिबेदन पेश गरको थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu