Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा निशुल्क शिक्षाको माग

२०८०, ३१ बैशाख आईतवारमा प्रकाशित

सनिउल्ला धोबी–
पत्रकार चिन्ता परियारले कपिलवस्तुको विजयनगर गाँउपालिकामा निशुल्क शिक्षा हुनुपर्ने माग सहित ज्ञापन पत्र बुझाएका छन । पत्रकार परियारले विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापालाई निशुल्क शिक्षाको माग सहित ज्ञापन पत्र बुझाएका हुन ।

बिकट मानिएको पश्चिमी क्षेत्र बिजयनगर गाउँपािलका विकास र संभावनका दृष्टिकोणले विकासोन्मुख गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको पत्रकार परियारले बताउनुभयो ।
उद्योग पर्यटन विकास उच्च शिक्षा र अवसरबाट यो पालिका भित्रका अधिकांस स्थानिय बञ्चितीकरणमा रहेको भन्दै ज्ञापन पत्र बुझाएको पत्रकार परियारले जानकारी दिनुभयो । शुसासन ,विकास अवसर रोजगार र समाज परिवर्तनका लागी शिक्षा मात्र एक महत्वपुर्ण पक्ष रहेको हुदाँ आफु यो अभियानमा लागेको बताउनु भयो ।

छिमेकी पालिका शिवराज नगरपालिकाले शिक्षालाई मुख्य प्राथमितामा राखी यहि आर्थिक वर्ष देखि निशुल्क शिक्षा लागु गरेको भन्दै बिजयनगर गाउँपालिकाले पनि आगमी आ.व. देखि पालिकामा पुर्ण रुपमा गुणस्तरिय निुशल्क शिक्षा लागु गर्ने माग सहित ज्ञापन पत्र बुझाएको परियारको भनाई रहेको छ ।

ज्ञापन पत्र बुझदै विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापाले आगामी दिनमा निशुक्ल शिक्षाको निति निर्माण गरीअघी बढने आश्वासन दिनुभयो । निशुल्क शिक्षा लागु गर्ने निर्णय गाँउसभाबाट पारित गरी प्रकृयामा जाने अध्यक्ष थापाले बताउनुभयो । निशुुल्क शिक्षाको लागि अब नागरिकहरुको समेत सुझाव सल्लाहलाई मनन गरी योजना अघी बढाउने थापाको भनाई रहेको छ ।

ज्ञापन पत्र

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu