Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीद्वारा कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन

२०८०, ६ जेष्ठ शनिबारमा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ औं कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गर्नुभएको छ । शनिबार थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालय परिसरमा प्रधानमन्त्री प्रचण्डले बन्दुक पड्काएर म्याराथनको उद्घाटन गर्नुभएको हो ।

यस वर्षको म्याराथनको नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको छ । आयोजक कान्तिपुर पब्लिकेशन्सका अनुसार हाफ म्याराथन (२१.१ किमि), कलेज रन (७ किमि), कर्पोरेट रन (५ किमि) र ह्विलचियर रन (३ किमि) गरी चार विधामा झण्डै चार हजार सात सय सहभागी हुने छन् ।

हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले एक लाख रुपियाँ पुरस्कार पाउने छन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौं हुनेले पाँच हजार रुपियाँ पाउने छन् ।