Connect with us
Kapilvast Forest

हज समितिका अध्यक्षको बयान : सन्देश शर्मालाई गाडी दिएको हुँ

२०८०, ९ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँले आफूले प्रयोग गरेको सरकारी गाडी सन्देश शर्मालाई प्रयोग गर्न दिएको सकारेका छन् ।

पक्राउ परेपछि सरकारी वकिलको रोहवरमा प्रहरीलाई बयान दिने क्रममा शर्माले पारिवारिक समस्या बताएपछि आफूले गाडी दिएको र त्यसबाहेक अरु थाहा नभएको दावी गरेका छन् ।

‘सन्देश शर्माले पारिवारिक समस्या छ भनेर गाडी माग गरेकोले केही दिनको लागि चालकलाई गाडी छाड्न भनेको हुँ’ मियाँको बयान उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘सन्देश शर्मालाई पटक–पटक ताकेता गर्दा ५/६ दिनपछि मात्र सन्देश शर्माले गाडी ल्याई रेष्टुरेन्टमा छाडेका हुन् ।’

आफू रामबहादुर थापा बादलको कार्यकालमा हज समितिको अध्यक्षमा नियुक्त भएको, बादलका छोरा प्रतिक थापासँग सन्देश शर्मा प्रायजसो सँगसँगै रहने भएकाले चिनाजान भएको उनले बयानमा स्वीकारेको प्रहरी स्रोत बताउँछ ।

उनले बयानमा भनेका छन्, ‘सन्देश शर्मा बिभिन्न व्यक्तिहरुको सरुवा बढुवा गराउने काममा समेत सक्रिय रहेको देखेको हुँ ।’ उनले त्यस क्रममा टोपबहादुर रायमाझीका छोरा सन्दिपसँग समेत आफ्नो चिनाजान भएको स्वीकारेका छन् ।

सानु भण्डारी, केशवप्रसाद दुलाल र सन्देश शर्माबीच निकै राम्रो सम्बन्ध रहेको बताउँदै उनले उनीहरु गृह मन्त्रालयका सल्लाहकार ईन्द्रजित राईलाई भेट्न बारम्बार जाने गरेको स्वीकारेका छन् । उनले बयानमा भनेका छन्, ‘सानु भण्डारी र केशवप्रसाद दुलाललाई गृह मन्त्रालयमा आउन कुनै रोक थिएन ।’

उनले आजभन्दा दुई वर्ष पहिले बखुण्डोलस्थित टंककुमार गुरुङको रिसोर्टमा नेपालीलाई तेस्रो मुलुकमा पठाउने काम भइरहेकोबारे कुराकानी सुनेको स्वीकारेका छन् । अनि उनीहरु पक्राउ परेपछि आफू समेत पक्राउ पर्ने डरले आफूले बोकेको सिमकार्ड फालेको पनि मियाँले स्वीकारेका छन् ।

उनले बयानमा भनेका छन्, ‘म समेतलाई प्रहरीले खोजतलास गर्दै छ भन्ने थाहा पाई म डर त्रासमा भागी उक्त मोबाईल फ्याँकेको हो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu