कपिलवस्तुमा ४ लाख ५० हजार भारु सहित एक महिला पक्राउ
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका वडा नं २ लिङगेट स्थित प्रहरीले ४ लाख ५० हजार भारतीय रुपैयाँ सहित एक महिला पक्राउ गरेको छ । प्रहरीले पाल्पा जिल्लाकाे बगनासकाली गाउँपालिक वडा नं ९ घर भई भारतको लखनउमा बस्दै आएकी बर्ष अ.४५ की राधा सारुलाई पक्राउ गरेको हाे ।
भारतबाट नेपाल तर्फ पैदल आउदै गरेकी राधा सारुकाे झोला भित्र भारतीय ५०० दरको ९०० थान भारु रुपैयाँ ४ लाख ५० हजार सहित नियन्त्रणमा लिइ अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिनुभयो ।